Skip to content
Shikhar Insurance
National Life

सेञ्चुरी कमर्सियल बैंक र स्मार्टच्वाइस टेक्नोलोजिबीच सम्झौता

Hyundai
NCELL
NIMB

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटि) बीच सम्झौंता भएको छ । बैंकले डिजिटल पेमेन्टबाट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता गरेको हो ।

सेवा विविधिकरणको नयाँ आयाम पश्चात सेञ्चुरी कमर्सियल बैंकका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप “सेन्चुरी पे” प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर मार्फत गर्न सक्नेछन् ।

सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरे ।

अन्य जानकारीका लागि बैंकको तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्