काठमाडौं । सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सरकारले १० दिनमै सार्वजनिक सवारी साधानको भाडा बढाएको हो ।
सार्वजनिक सवारीको भाडा ७.७ प्रतिशतसम्मले बढेको छ ।
यातायात व्यवस्थापन विभागले सुचना जारी गर्दै यात्रु वाहक सवारीमा ५.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९४ प्रतिशत र तराइको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडामा ७.७ प्रतिशतले वृद्धि भएको जनाएको छ । समायोजित भाडादर जेठ ६ गते (आज) देखि नै लागू हुने विभागले उल्लेख गरेको छ ।
गत चैत १७ गते भाडादर समायोजन गरेयता डिजेलको मूल्य १६.३६ प्रतिशत अर्थात् मूल्य २७ रुपैयाँले बढेर १ सय ९२ रुपैयाँ कायम भएको हुँदा पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै भाडादर समायोजन गरिएको विभागले उल्लेख गरेको छ ।
विभागद्वारा समायोजित नयाँ भाडादर अनुसार अब लामोदुरीका सार्वजनिक सवारीको भाडादर साढे २७ सय रुपैयाँसम्म पुगेको छ । भने मालवाहक सवारी साधानको भने ७६ हजार ४ सय ८८ रुपैयाँसम्म तोकिएको छ ।
विभागले तराईतर्फको लामो दुरीका मिनि बसमा प्रतिकिमि २ रुपैयाँ ९७ पैसादेखि ३ रुपैयाँ २८ पैसासम्मले भाडा वृद्धि गरेको छ । तराइ र पडातर्फका मालवाहक सवारीमा भने प्रतिकिमि टन ७ रुपैयाँ ६७ पैसादेखि १५ रुपैयाँ ५७ पैसासम्मले भाडा वृद्धि गरेको हो ।
प्रतिक्रिया दिनुहोस्