Skip to content
Shikhar Insurance
National Life

कोठा खोज्ने कम्पनी खोल्ने काठमेयर बालेनको घोषणा, नीति तथा कार्यक्रममा अरू केके आए ?

Hyundai
NCELL
NIMB

काठमाडौं । अबदेखि काठमाडौं महानगरपालिका भित्र कोठाभाडा खोज्न ब्रोकर वा घरबेटी रिझाउने दुःख गर्नु नपर्ने भएको छ । काठ मेयर बालेन्द्र (बालेन) शाहले कोठा भाडा सम्बन्धि सम्पुर्ण काम कम्पनीमार्फत् गरिने घोषणा गरेका छन् ।

आइतबार मेयर शाहले काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दे सो घोषणा गरेका हुन् । उनले घर जग्गा बहालसम्बन्धि काम अबदेखि कम्पनीमार्फत् मात्र हुने व्यवस्था गरिने बताएका हुन् ।
यस्तै, उनले महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरु निर्माण गर्ने बताएका छन् । उनले यात्रुहरुको बिश्रामका लागि बस स्टपहरुमा मौलिक शैलीमा फल्चा निर्माण गर्न विभिन्न संघ संस्थालाई प्रोत्साहित गर्ने बताए ।

मेयर शाहले आव २०७९/८० मा काठमाडौं महानगरपालिका भित्र खाली जग्गामा पानी पुनरभरणका लागि पोखरी बनाइने, कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्द्रको अभिलेखीकरण गरेर व्यवस्थित ढंगले सञ्चालन गर्ने, कररदाताको स्वास्थ्य बीमाका लागि बढीमा ५० प्रतिशत अनुदान दिने, महानगरभित्र होमस्टे सञ्चालन गर्ने, तीनकुनेको जग्गा विवाद सामधान गरी आवश्यक पूर्वाधार निर्माण गर्ने, बागमती र बिष्णुमति किनारामा ढल प्रशोधन केन्द्र बनाइने, प्लाष्टिक झोलाको प्रयोगमा प्रतिबन्द्ध लगाइने घोषणा गरेका छन् ।

यस्तै एक घर एक रुख अभियान चलाउने, महानगरका सबै कार्यालयमा सीसीटीभी जडान गर्ने, हरेक महिनाकाे पहिलाे आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने, काठमाडाैंका सबै वडा कार्यालयमा सुचनाकाे हक कार्यन्वयन हुने, महानगरकाे सेवा हाेमडेलिभरी गर्ने तथा महानगर इलाइब्रेरी सञ्चालन गर्ने उनको घोषणा छ ।
GBIME

प्रतिक्रिया दिनुहोस्