काठमाडौं । हिमालयन ब्रुअरीले ३३० मिलिलिटरको बियर ल्याउने भएको छ । कम्पनीले ‘काठमाण्डू’ ब्राण्डमा यस अघि बजारमा रहेको बियरलाई ३३० मिलिलिटरमा ल्याउन लागेको हो ।
३३० लिमिलिटरको प्रिमियम काठमाण्डू बियरबारे कम्पनीले बिस्तृत विवरण भने सार्वजनिक गरेको छैन् । सीजी होल्डिङसले हिमालयन ब्रुअरी मार्फत नेपाल आईस, कमाण्डो र काठमाण्डू वियर उत्पादन गर्दै आईरहेको छ ।
सीजी होल्डिङसका कार्यकारी निर्देशक करण चौधरीले काठमाण्डू बियरलाई ३३० मिलिलिटरमा उत्पादन गरि बजारमा ल्याउन लागेको बताए । पछिल्लो समय ३३० मिलिलिटर साइजका बियरहरुको बजार राम्रो रहेकाले नयाँ ढंगले उत्पादन अघि सारिएको पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस्