Skip to content
Shikhar Insurance
National Life

कन्सल्टेन्सी बिक्रीका नाममा साढे ३ करोड ठग्ने प्रहरी हिरासतमा

Hyundai
NCELL
NIMB

काठमाडौं । कतिपय शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) मा विद्यार्थी र अभिभावक ठगिएका घटना नयाँ होइन तर काठमाडौँको एक कन्सल्टेन्सीका सेयरधनी नै ठगिएका छन् ।

काठमाडौँ महानगरपालिका–३२ स्थित अर्बिट इन्टरनेशनलका सेयरधनी तारकेश्वर गाउँपालिका–१, नुवाकोटका श्रीबहादुर तामाङलाई थाहै नदिइ पूर्वसञ्चालक चाँगुनारायण नगरपालिका–८, भक्तपुरका ७२ वर्षीया केशवप्रसाद अधिकारीले रु तीन करोड ५० लाख ठगी गरेको उजुरी परेपछि अधिकारीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । अधिकारीले सो प्रालिको सेयर स्वामित्व हस्तान्तरण गर्ने भनी रकम लिएर तामाङलाई मञ्जुरीनामा दिइसकेका अवस्थामा पटकपटक ताकेता गर्दा पनि सेयर स्वामित्व हस्तान्तरण नगरी प्रकाश पाण्डेलाई बेचेको पाइएको छ ।

अधिकारीले हाल उक्त कन्सल्टेन्सी शैक्षिक परामर्श सङ्घ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेलाई बिक्री गरिसकेका छन् । अध्यक्ष पाण्डेले आफूले कम्पनी रजिष्ट्रारको कार्यालय र कानूनी अवस्था बुझेर अधिकारीसँग कम्पनी लिएको र तामाङले त्यसअघि किन्नका लागि रकम दिएको भन्ने हाल मात्रै थाहा पाएको बताए ।

अधिकारीमाथि अन्य कीर्ते र ठगीका मुद्दा पनि प्रहरीसमक्ष आउन थालेका छन् । सरकारी जग्गासमेत बैना गरी ठगी गरेका विषयमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गत जेठ १३ गते अधिकारीको तस्विरसहित घटना विवरण सार्वजनिक गरेको थियो । पीडित तामाङले अधिकारीले आफूलाई सेयर स्वामित्व हस्तान्तरण नगरी कम्पनी अर्कैलाई बेचेको थाहा पाएपछि आफू कानूनी उपचारका लागि प्रहरीसमक्ष पुगेको राससलाई बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्