Skip to content
Shikhar Insurance
National Life

दुबई पठाइदिने भन्दै ७ लाख ठगी गर्ने कार्की पक्राउ

Hyundai
NCELL
NIMB

नेपाल प्रहरीले दुबई पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दुबईको प्रतिष्ठित कम्पनीमा आर्मस् गार्डको काम लगाइदिन्छु भनी रु सात लाख ठगी गर्ने मुगु खत्याड गाउँपालिका घर भई काठमाडौँको मूलपानी बस्ने ३१ वर्षीय निराजन कार्कीलाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

काठमाडौँको सिफलस्थित भिजन मल्टिपर्पोज प्रालिका सञ्चालकसमेत रहेका कार्कीले दुबईको आम्र्स गार्डमा एक लाखसम्म मासिक तलब हुन्छ भनी पीडितसँग रु सात लाख ठगी गरेकाले निवेदनका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्