Skip to content
Shikhar Insurance
National Life

‘सुगरको बिरामी ३/४ दिनपछि ढल्न वा मर्न पनि सक्छु तर माग पुरा नहुँदासम्म अनसन तोड्दिनँ’

Hyundai
NCELL
NIMB

काठमाडौं । पुँजी बजार विकास र विस्तारको लागि भन्दै सेयर लगानीकर्ता तिलक कोइरालाले नेपाल धितोपत्र बोर्डको कार्यलयल अगाडि अनसन सुरु गरेका छन् । उनले पुँजी बजार संघर्ष समितिमार्फत् सरकार र नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक र नेप्से सामु १९ बुँदे माग राख्दै अनिश्चितकालीन अनसन सुरु गरेका हुन् ।

अर्थ मन्त्रालय र सेयर लगानीकर्ताबीच यस अघि नै भएको ५८ बुँदेको कार्यान्वयन, सेयर धितोमा ४/१२ नीति, बैंकलाई ब्रोकर लाइसेन्स लगायतका १९ बुँदे माग कार्यन्वयन नहुँदा सम्म जस्तो सुकै परिस्थितिमा पनि अनसन नतोड्ने प्रतिवद्धता लगानीकर्ता कोइरालाको छ । कोइरालालाई विभिन्न १० वटा लगानीकर्ता संघ संगठनको साथ छ । उनले अनसन बस्ने घोषणा गत साता नै गरेका थिए । यसअघि पनि पुँजी बजारको सुधारको माग गर्दै कोइराला २ पटक अनसन बसिसकेका छन् ।

यस पटकको अनसनलाई मुर्त रुप दिने भन्दै स्वास्थ्य स्थिति कमजोर भएपनि अनसनलाई भने पूर्णता दिने बताए ।

‘सुगरको बिरामी हुँ, औषधि खाइरहेको छु, ३/४ दिन अनसन बसिसकेपछि मेरो शरिरमा गुल्कोजको मात्र कम भएर म ढल्न पनि सक्छु वा मेरो मृत्यु हुनपनि सक्ला । तर, त्यो ठूलो कुरा होइन,’ कोइरालाले अनसन मन्तव्यमा भने, ‘यो नेपालको पुँजी बजार, नीति नियम र प्रविधिले समुन्नत भएर अगाडि बढ्यो, ५२ लाख लगानीकर्ताको लगानी सुरक्षित भयो र भविष्यमा आउने लगानीकर्ता नवीनतम प्रविधिको प्रयोग गर्न पाउनु ठूलो कुरा हो ।’

कोइरालाले आफू ५२ लाख लगानीकर्ताको लडाइ लडेको हुँदा १९ बुँदे माग पुरा भएपछि नै अनसन तोड्ने अन्तिम निर्णय भएको सुनाए । अनसन सुरु गरेका कोइरालाले बोर्डको आँगनमै बस्ने घोषणा गरेका थिए । तर, बोर्डले अनसन सुरु हुनुभन्दा अगावै मुल गेटमा चावी लगाएर प्रहरी परिचालन गरेको छ । त्यस कारणले कोइराल बोर्डको कार्यलय अघि सडकमै अनसन बसेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्