Shikhar Insurance
National Life

पूर्वनासुले करको दर हेरफेर गरेको कुरालाई अर्थमन्त्रीले भने : भ्रामक, कपोलकल्पित र झुट्टा

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ३१, मंगलवार १७:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न गराएको भन्ने कुरा भ्रामक, झुटा र कपोलकल्पित भएको बताएका छन् । प्रतिनिधिसभामा मन्त्री शर्माले समय मागेर सत्त समाचारकत्त खण्डन गरे । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अर्थमन्त्रीको राजीनामासमेत मागेकत्त थियो ।

‘बजेट निर्माण गर्दा राजस्वका दर चलाउन अनधिकृत व्यक्ति संलग्न रहेको भन्ने कुरा अत्यन्त भ्रामक, कपोलकल्पित, झुटा कथा बनाइएको छ । यसको खण्डन, खारेजी गर्न चाहन्छु,’ उनले भने । उनले बजेट निर्माणका लागि अर्थ मन्त्रालयका सचिव र राजस्व सचिव नेतृत्वका समितिले काम गरेको पनि जानकारी गराए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हिजोमात्र एक दैनिक पत्रिकामा मध्यरातमा अर्थमन्त्रालयमा चुकुल लगाएर एक पूर्वनासुले करका दर हेरफेर गरेको समाचार सम्प्रेषण गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्