Shikhar Insurance
National Life

नर्भिकले विराटनगरमा पनि आइभिएफ सेन्टर सञ्चालन गर्ने

सिंहदरबार संवाददाता
२०७९ असार १, बुधबार ११:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । नर्भिक अस्पतालको अन्तराष्ट्रिय स्तरको आइभिएफ एण्ड फर्टिलिटी सेन्टरको सेवा काठमाण्डौ बाहिर पनि बिस्तार हुने भएको छ । नर्भिकको आइभिएफ सेन्टरको सेवा प्रदेश १ को राजधानी विराटनगरमा समेत विस्तार हुने भएको हो ।

नर्भिक अन्तराष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार निकट भविष्यमै सेवा सञ्चालन गर्ने गरी विराटनगरमा आइभिएफ सेन्टर निर्माणको काम सुरु गरिएको छ । विराटनगरको शनिहाट क्षेत्रमा सुविधासम्पन्न नर्भिक आइभिएफ सञ्चालन हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नर्भिकले थापाथलीमा भने २०७८ को असार तेश्रो साताबाट अत्याधुनिक सुविधा तथा प्रविधिसहिते जेनेटिक ल्याबसहितको अत्याधुनिक आइभिएफ एण्ड फर्टिलिटि संचालनमा ल्याएको थियो । नर्भिकको आइभिएफ एण्ड फर्टिलिटीको स्तरीय सेवालाई सेवाग्राहीले औधी मन पराएका छन् । सेवाग्राहीहरुको मागअनुसार नै काठमाण्डौमा सीमित यो सेवालाई अन्यत्र पनि विस्तार गर्न लागिएको मिश्रले जानकारी दिए ।

हाल काठमाण्डौमा रहेको आइभिएफ टिमले नै विराटनगरमा पनि सेवा दिनेछ । विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिहरुको प्रयोग गरी हाल थापाथलीमा विश्वस्तरीय सेवा दिइने गरिएको हो । सोही स्तरको सेवा विराटनगरमा पनि उपलब्ध हुनेछ ।

देशका अन्य आइभिएफ सेन्टरमा जेनेटिक ल्याबको सुविधा छैन । तर, नर्भिकको यो सेन्टरमा वंशाणुगत रोगको पहिचान गर्ने प्रि–जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याब समेत रहेको छ । प्रि–जेनेटिक डाइग्नोसिसमार्फत स्वस्थ भ्रूणको अवस्था पहिचान गरी गर्भाधारण गराउने गरिन्छ । जसका कारण भविष्यमा जन्मिने बच्चाहरुमा हुनसक्ने विभिन्न खाले वंशाणुगत रोगको जोखिम निराकरण गर्न सकिन्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्