Shikhar Insurance
National Life

वर्षकै तल्लो विन्दु २००० भन्दा मुन्तिर आइपुग्यो नेप्से

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ३१, मंगलवार १६:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दुई हजार भन्दा तल झरेको छ । लामो समयदेखि घटिरहेको नेप्से परिसूचक आज पछिल्लो एक वर्षकै तल्लो बिन्दुमा आएको हो ।

सरकारले बजेट सार्वजनिक गरेपछि एकदिन मात्र बढेको नेप्से परिसूचक लगातार ओरालो लागिरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार नेप्से परिसूचक ३६.०७ अंकले घटेर १९ सय ९६ दशमलब २६ को बिन्दुमा बन्द भएको छ । त्यसैगरि ठूला कम्पनीको सेयर मापक सेन्सिटिभ इन्डेक्स ६.४८ अंकले घटेर ३ सय ८३ दशमलव ५१ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरीमा २३२ स्क्रिप्टका ४१ लाख ४७ हजार २ सय ५५ कित्ता सेयर १ अर्ब १८ करोड ५५ लाख ४६ हजार रुपैयाँमा खरिदबिक्री भए ।

नेप्से घट्दा हिमालयन पावार कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । कम्पनीको ४ करोड ६७ लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । त्यस्तै एनसीसी बैंक ३ करोड ७९ लाख ७७ हजार रुपैयाँँ सहित दोस्रो र नेपाल लाइफ इन्स्योरेन्स ३ करोड ३३ लाख ५९ हजार सहित तेस्रो स्थानमा छ ।

नेप्से परिसूचक घटेपनि आँधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीर्कताले भने सर्वाधिक ८.१८ प्रतिशतले कमाएका छन् ।

कारोबारमा आएका ५ कम्पनीको सेयर मूल्य बढ्दा १९० कम्पनीको सेयर मूल्य घटेको छ । समुहगत उपसूचकहरु सबै राताम्य भएका छन् । सबैभन्दा बढी अन्य उपसूचक ३.४४ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्