काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ । आज छापावाल सुन प्रतितोला एक हजार ८ सय रुपैयाँले घटेको हो । जेठ महिनाको अन्तिम दिन छापावाल सुन ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुन ९८ हजार ९ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै तेजावी सुन पनि प्रतितोला एक हजार ८ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन ९८ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँलले घटेको छ । मंगलबार चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय बजार मूल्यको आधारमा नेपालमा महासंघले सुनचाँदीको मूल्य निर्धारण गर्छ ।
प्रतिक्रिया दिनुहोस्