काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसूचक १५.८२ अंकले घटेर २०३२.३४ को विन्दुमा आएको हो ।
त्यसैगरि ठूला कम्पनीको सेयर मापक सेन्सिटिभ इन्डेक्स २.३० अंकले घटेर ३८९.९५ को विन्दुमा आएको छ ।
आज दिनभरीमा २३० स्क्रिप्टका २९ लाख २० हजार ७०५ कित्ता सेयर ९९ करोड ८६ लाख ७४ हजार रुपैयाँमा खरिदबिक्री भए । नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको हो ।
नेप्से परिसूचक दोहोरो अंकले घटेपनि बलेफी हाइड्रो पावार र ग्रिन भेन्चर्स कम्पनीको सेयर मूल्यमा भने पोजिटीभ सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबार रकमको आधारमा सानिमा बैंक शीर्ष स्थानमा छ । बैंकको ९ करोड १ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । त्यस्तै उपकार लघुवित्त वित्तीय संस्था ५ करोड ६३ लाख ६४ हजार सहित दोस्रो र सिभिल बैंक ५ करोड ३७ लाख सहित तेस्रो स्थानमा रहेको छ ।
समूहगत उपसूचकहरु सबै राताम्य भएको छ । सबैभन्दा बढी जीवन बीमा उपसूचक १.४१ प्रतिशतले घटेको छ ।
कारोबारमा आएका ४५ कम्पनीको सेयर मूल्य बढ्दा १४३ कम्पनीको घटेको छ भने ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्