Shikhar Insurance
National Life

१९ बुँदे माग कार्यान्वयन नभएसम्म तिलकले अनसन नतोड्ने भनेपछि आन्दोलनलाई ‘दिपेन्द्र ग्रुप’को साथ

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ३०, सोमबार ११:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । पुँजी बजारको सुधारका लागि सबै लगानीकर्ता संघ संगठन एक जुट हुने सहमति भएको छ । सरकार र सरोकावाला निकायसँग ५ वटा लगानीकर्ता संगठन एक जुट भई सेयर कर्जामा ४/१२ को नीति हट्नु पर्ने लगायत १९ बुँदे मागसहित आन्दोलन गरिरहेका छन् । सो आन्दोलनलाई स्वतन्त्र पुँजीबजार सुधार संघ भने साथ नदिएर विरोधमा थियो ।

तर, अहिले स्वतन्त्र पुँजी बजार सुधार संघ (दिपेन्द्र अग्रवालको समर्थनमा चलेको लगानीकर्ताको संघ)ले आन्दोलनरत पुँजी बजार संघर्ष समितिसँग सम्झौता गरी आन्दोलनमा सरिक हुने भएको हो । संघले संर्घष समितिसँग २ वटा माग तेस्राएर सो पुरा गर्ने प्रतिवद्धतामा आनदोलनमा सरिक हुने सम्झौता गरेको लगानीकर्ता दिपेन्द्र अग्रवालले सिंहदरबारलाई जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘सरकार र सम्बन्धित निकायले १९ वटै बुँदा कार्यन्वयन नगर्दासम्म तिलक जी अन्सन बस्नु नै पर्छ, यो मागमा उहाँले प्रतिवद्धता जनाउनु भएको छ,’ अग्रवालले सिंहदरबारसँग भने, ‘हिजोका दिनमा पुँजी बजारका लागि भन्दै तिलक जी ३ पटकसम्म अन्सन बन्नु भएकै हो, अहिले पनि ४/१२ नीति फिर्ता लिनु मात्र लगानीकर्ता र बजारको समस्या समाधानको पाटो होइन, माग गरिएका १९ बुँदा नै कार्यन्वयनको सहमति नभएर वास्तवमै कार्यन्वयन भएपछि मात्र अन्सन तोड्ने उहाँको प्रतिवद्धता हो । यदी आफ्नो वचतबाट पछि हट्नु भयो भने हामी नै उहाँलाई निकाल्छौं ।’

पुँजी बजार संर्घष समितिले आगामी दिनमा लगानीकर्ताहरुलाई सरकारका निकायहरुले दिने अनावश्यक दुखमा सबै लगानीकर्तासँग एक जुट भएर विरुद्ध पनि आवाज उठाउने प्रतिवद्धता गरेको उनले बताए । जसले गर्दा स्वतन्त्र पुँजी बजार सुधार संघले पुँजी बजार संर्घष समितिका सबै आन्दोलनका कार्यक्रममा सरिक हुने उनले जानकारी दिए ।

अनसन बस्ने भनेका तिलक कोइरालाले १९ बुँदे माग सबै पुरा हुने प्रतिबद्धता नभएसम्म अनसन नतोड्ने गरी सहकार्य गरिएको अग्रवालले जानकारी दिए । यसअघि दिपेन्द्र ग्रुपले आन्दोलनलाई साथ दिएको थिएन । अनसन बस्दै आएका तिलक कोइरालाले यसअघि सामान्य आश्वासन दिँदैमा अनसन तोड्ने गरेकाले उनलाई लगानीकर्ताका संघहरूले पत्याएका थिएनन् । अहिले भने कोइरालाले माग पुरा नभएसम्म अनसन नतोड्ने प्रतिबद्धता गरेको बताइएको छ ।

» राधा, रोहन, हरी र तिलकलाई सांसद बनाउन आन्दोलन गरियो, हामी तिनका भर्याङ हुँदैनौं (singhadarbar.com)

यसैबीच पुँजीबजारका १० समूहले संयुक्त वक्तव्य निकालेर जारी आन्दोलनमा सबैको साथ हुने प्रतिबद्धता गरेका छन् । उनीहरूले नेपालको पूँजी बजार सुधार र विस्तारका लागि सरकारले साढे तीन बर्ष अघि नै गरिसक्छु भनेका कामहरु नगर्दा पूँजी बजारमा गंभीर समस्या उत्पन्न भई लगानीकर्ताहरुको पलायन तीब्र भएको बताएका छन् ।

यस अवस्थामा सरकारले गर्छु भनेका कामहरु तत्काल गरी लगानीकर्ताहरुलाई आस्वस्त पार्न माग गर्दै लगानीकर्ताहरुको तर्फबाट तिलक कोइरालाको संयोजकत्वमा गठन भएको पूँजी बजार सुधार संघर्ष समितिले प्रस्तुत गरेको १९ बुँदे माग हामी सबै लगानीकर्ता संघसंस्थाहरुको साझा माग भएको स्पष्ट गर्छौ र ती मागहरु अबिलम्ब पुरा गराउन घोषित संघर्षका कार्यक्रममा सक्रियतापुर्वक सहभागी हुन सम्पूर्ण लगानीकर्ता र पूँजी बजारका सरोकारवालाहरुमा उनीहरूले आह्वान गरेका छन् ।

यसै सिलसिलामा संघर्ष समितिले जेठ ३० गते राखेको सबै जिल्ला प्रशासन कार्यालयहरुमा प्रदर्शन र माग पत्र पेश गर्ने कार्यक्रममा ब्यापक सहभागिता जनाउन र जेठ ३१ गते काठमाडौमा हुने विशेष कार्यक्रमलाई प्रभावकारी बनाउन सम्पूर्ण लगानीकर्ताहरुमा अपील गरिएको छ । यसपटक स्वतन्त्र पूँजी बजार सुधार संघसग वार्ता हुँदा आन्दोलनले ठोस उपलब्धि हासिल नगरेसम्म मैदान नछाड्ने प्रतिवद्धता ब्यक्त गर्दै बिगत जस्तै नियमनकारी निकायले हामी अन्दोलनकारि माथी प्रतिशोध साँधेमा त्यसको एकताबद्ध प्रतिबाद गर्ने अठोट ब्यक्त गरेका छन् ।

बिषम परिस्थितिमा सेयर धितो कर्जा लिएकाहरुलाई मार्जिन कल गरी बैंक आफैंले लगानीकर्ताको सेयर एकतर्फी रुपमा बिक्री गर्ने कार्य रोक्न सम्बन्धित बैंक र ब्रोकरहरुलाई आग्रह पनि गरेका छन् । यदि एकतर्फी रुपमा लगानीकर्तालाई क्षति हुने गरी सेयर बिक्री भएमा कानूनी र अन्य उपचारका लागि हामी लगानीकर्ताका संघसंस्थाहरु एकताबद्ध रुपमा सक्रिय हुने चेतावनी पनि दिएका छन् ।

सरकारले तत्काल १९ बुँदे माग कार्यान्वयन नगरेमा उत्पन्न हुने परिस्थितिप्रति सरकार नै जिम्मेवार हुने उनीहरूले स्पष्ट पारेका छन् ।

संयुक्त ऐक्यवद्धतामा साथ दिने समूह र नेताहरूः

१) अम्बिकाप्रसाद पौडेल अध्यक्ष, पूँजी बजार फोरम, नेउवा महासंघ

२) तिलक कोइराला
संयोजक, पूँजी बजार सुधार संघर्ष समिति

३) तुल्सीराम ढकाल
अध्यक्ष, नेपाल ईन्भेष्टर्स फोरम

४) उत्तम अर्याल
अध्यक्ष, सेयर लगानीकर्ता संघ नेपाल

५) प्रकाश रजौरे
महासचिव, नेपाल धितोपत्र लगानीकर्ता संघ

६) रोहन कार्की
नेपाल स्वतन्त्र पूँजी बजार संघ

७) राधा पोख्रेल
अध्यक्ष, नेपाल पूँजी बजार लगानीकर्ता संघ

८) हरि ढकाल
अध्यक्ष, सेयर लगानीकर्ता दबाब समूह

९) सुशील लुनिया
अध्यक्ष, स्वतन्त्र पूँजी बजार सुधार संघ

१०) सुदर्शन पाठक
अध्यक्ष, लगानीकर्ता हित संरक्षण मन्च

GBIME

प्रतिक्रिया दिनुहोस्