काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले पोखराको ओम अस्पताल र अन्नपूर्ण केबलकारमा विशेष छुट पाउने भएका छन् । बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले अस्पतालका सेवा तथा अन्नपूर्ण केबलकारको टिकट काट्दा छुट पाउने भएका हुन् ।
यस किसिमको सहकार्यबाट बैंकका पोखरामा ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
बैंक र महेन्द्रपुलमा अवस्थित ओम हस्पिटलबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भयो । यस्तै सम्झौता अन्नपूर्ण केबलकारसँग पनि गरेको हो ।
जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाइरहेको बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेरसँग सहकार्य अघि सारेको हो ।
प्रतिक्रिया दिनुहोस्