Skip to content
Shikhar Insurance
National Life

अझै रित्तियो डलर सञ्चिति, साढे ६ महिनाको आयात धान्न पनि धौधौ

Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा देशको कुल विदेशी विनिमय सञ्चिति २ खर्ब ५३ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिले डलर सञ्चिति १८ प्रतिशतले घटेको डरलाग्दा तथ्य उजागर गरेको हो ।

यो सञ्चितिले साढे ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पनि धौधौ हुने देखिएको छ ।

केन्द्रीय बैंकका अनुसार वैशाख मसान्तसम्म डलर सञ्चिति रु.११४६ अर्ब ८८ करोड कायम भएको छ । चैत मसान्तसम्म ११ खर्ब ६७ अर्ब ९२ करोड रुपैया रहेको रिजर्भ ३३ अर्बले कम भएको हो ।

कुल विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा २१.१ प्रतिशतले कमी आई ९ अर्ब २८ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु.१२४४ अर्ब ६३ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा १८.३ प्रतिशतले कमी आई रु.१०१७ अर्ब २७ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१५४ अर्ब ३९ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा १६.१ प्रतिशतले कमी आई रु.१२९ अर्ब ६१ करोड कायम भएको छ ।

२०७९ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.३४ महिनाको वस्तु आयात र ६.५७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०७९ वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २३.६ प्रतिशत, ५४.८ प्रतिशत र २१.४ प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.७ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्