Skip to content
Shikhar Insurance
National Life

कृषि विकास बैंकले वि.पि. कोइराला मेमोरियल अस्पतालमा एक्स्टेन्टन काउन्टरलाई निरन्तरता दिने

Hyundai
NCELL
NIMB

काठमाडौं । भरतपुरकाे वि.पि. कोइराला मेमोरियल अस्पतालमा कृषि बैंकले एक्स्टेन्सन काउन्टर राख्ने सम्झौता नवीकरण गरेको छ । बैंक र अस्पतालबीच बैंकिङ कारोबारको सम्झौता भएको हो ।

बैंकले विगत ५ वर्ष देखि एक्स्टेन्सन काउन्टर सहित अस्पतालको आय संकलन कार्य गरी रहेको थियो । हाल सम्झौताको म्याद समाप्त भएकोले पुन बैंकिङ्ग कारोबारका लागि कृषि बैंकको प्रदेश कार्यालय चितवनका निर्देशक रधुनाथ न्यौपाने र क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा क्यान्सर अस्पताल संचालक समिति अध्यक्ष डा.र्निमल लामिछाने,उप निर्देशक डा.कृष्ण कुमार शर्मा,पूर्व संचालक डा. विनुमा श्रेष्ठ, बरिष्ठ लेखा अधिकृत पिताम्वर उपाध्याय, कानुन अधिकृत गोर्कण सापकोटालगायतको सहभागिता रहेको थियो । बैंकका तर्फबाट निर्देशक रघुनाथ न्यौपाने, कृषि बैंकिङ विभागका विभागीय प्रमुख चन्द्रसिंह थापा लगायतको सहभागीता थियो ।

अस्पताल संचालक समितिका अध्यक्ष निर्मल लामिछानेले बैंकले अस्पतालको हाता भित्र नगद रहित सेवा प्रवाहको अपेक्षा गरे ।

अस्पतालका डाइरेक्टर डा. देज कुमार गौतमले बैंक सँग सहकार्य गर्दा अस्पतालको साख वृद्धि हुने र सेवा प्रवाहमा सहजिकरण समेत हुने विचार राखे । कृषि विकास बैंक प्रदेश कार्यालय विरेन्द्रनगरका निर्देशक रधुनाथ न्यौपानेले नगद जम्मा, नगद भुक्तानी, चेक माग, बैंक खाता खोल्ने लगायतका सेवाका अतिरिक्त अस्पतालका कर्मचारीहरुले प्रोफेसनसल लोन, क्रेडिट कार्ड, विद्युतिय भुक्तानीका सेवा उपयोग गर्न अनुरोध गर्दै अव्बल सेवा प्रवाह गर्न बैंक सधै प्रतिवद्ध रहेको धारणा राखे ।

सम्झौता पश्चात बैंकको एक्सटेन्सन काउन्टर मार्फत सो क्षेत्रमा ग्राहकले नगद जम्मा, नगद भुक्तानी, चेक माग लगायतका सेवा प्राप्त गर्न सक्नेछन् । अस्पतालका कर्मचारीहरुले निःशुल्क क्रेडिट कार्ड सेवा प्राप्त गर्न सक्नेछन् । कार्यक्रमको संचालन अस्पतालका प्रशासन प्रमुख हृदय नारायण महतोले गरेका थिए भने अन्य सहजिकरण शाखा कार्यालय भरतपुरका प्रवन्धक दिनेश वावु नेपालले गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्