काठमाडौं । लामो समयदेखि निरन्तर ओरालो लागेर बुधबार बढेको सेयर बजार बिहीबार भने पुरानै लयमा फर्किएको छ । नेप्से दोहोरो अंकले घट्दा कारोबार रकममा पनि गिरावट आएको छ ।
नेप्से परिसुचक १७.६४ अंकले घटेर २०६२.८० को विन्दुमा बन्द भएको छ । दिनभरीमा २२९ स्क्रिप्टको ४१ लाख ५६ हजार १०४ कित्ता सेयर १ अर्ब ४७ करोड २६ लाख ९० हजार रुपैयाँमा खरिदबिक्री भए ।
बिहीबार सबै समूहगत उपसुचकहरु घट्दा व्यापार समूह भने बढेको छ ।
कारोबार रकमको आधारमा कुमारी बैंक शीर्ष स्थानमा छ । बैंकको ६ करोड ४७ लाख ६९ हजार रुपैयाँको सेयर खरिदबिक्री भए । त्यस्तै हिमालयन डिस्टिलरी ४ करोड ३२ लाख २२ हजार रुपैयाँ सहित दोस्रो र ३ करोड ९८ लाख ९२ हजार रुपैयाँको कारोबार सहित अरुण काबेली तेस्रो स्थानमा छ ।
बुधबार नेप्से घटेपनि दुई कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । उपकार लघुवित्त र बलेफी हाइडो पावार कम्पनीको सेयर मुल्यमा पोजेटीभ सर्किट लागेको हो । आज ३० हजार भन्दा धेरै पटक सेयर खरिदबिक्री भएको छ ।
सबैभन्दा बढी सिंगटी हाइड्रोको लगानीकर्ताले ५.३४ प्रतिशत सेयर मूल्य गुमाए ।
१६० कम्पनीको मूल्य घट्दा नेप्से उँधोगतमा देखिएको हो । ३१ कम्पनीको मूल्य भने बढेका छन् ।
प्रतिक्रिया दिनुहोस्