काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकहरुलाई दियालो फुडल्याण्ड बुटवलमा बिशेष छुट दिने भएको छ । त्यस्तो छुट दिने सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट खैरेनी शाखा कार्यालय प्रमुख सरोज ज्ञावली र दियालो फुडल्याण्ड बुटवलका तर्फबाट प्रबन्ध निर्देशक मदन भण्डारीले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले दियालो फुडल्याण्ड बुटवलमा सञ्चालित रेस्टुरेण्ट एण्ड पार्टी प्यालेसमा “फुड” मा १५ प्रतिशत र “वेभरेज” मा १० प्रतिशत छुट प्राप्त हुनेछ ।
सम्झौता अन्तर्गत दियालो फुडल्याण्ड बुटवमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, दियालो फुडल्याण्ड बुटवलका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।
प्रतिक्रिया दिनुहोस्