काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले डिम्याट र मेरोशेयर खाता नविकरणमा बिशेष योजना ल्याएको छ । कम्पनीले असार मसान्तभित्र मेरो खाता र डिम्याट खाता नविकरण गर्नेहरुका लागि बिशेष योजनाहरु अघि सारेको हो ।
क) दश (१०) वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण योजना:
यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु ९९९।– (अक्षरेपी: नौ सय उनान्सय रुपैयाँ मात्र) भुक्तान गरी दश (१०) वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्न सक्नुहुनेछ । यसबाट ग्राहकहरु आगामी दश (१०) वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सकिन्छ ।
ख) पाँच (५) वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण योजना:
यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु ४९९।– (अक्षरेपी: चार सय उनान्सय रुपैयाँ मात्र) भुक्तान गरी पाँच (५) वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्न सक्नुहुनेछ । यसबाट ग्राहकहरु आगामी पाँच (५) वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सकिन्छ ।
ग) आजीवन डिम्याट र मेरोशेयर खाता नविकरण योजना:
यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु १,९९९।– (अक्षरेपी: एक हजार नौ सय उनान्सय रुपैयाँ मात्र) भुक्तान गरी आजीवन हितग्राही खाता र मेरोशेयर खाता नविकरण गर्न सकिन्छ । यसबाट ग्राहकहरु जीवनभर वर्षेनी हितग्राही र मेरोशेयर खाता नविकरण गर्नुपर्ने झन्झटबाट मुक्त भइनेछ ।
घ) नियमित एक (१) वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण योजना:
यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले १५०।– (अक्षरेपी: एक सय पचास रुपैयाँ मात्र) भुक्तान गरी एक (१) वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्