Skip to content
Shikhar Insurance
National Life

दोर्दी खोला जलविद्युतको आइपीओमा आजदेखि आवेदन दिन पाइने

Hyundai
NCELL
NIMB

काठमाडौं । दोर्दी खोला जलविद्युतको साधारण सेयर (आइपीओ) मा आज बिहिबारदेखि आवेदन खुला भएको छ । कम्पनीले सर्वसाधारणको लागि प्रतिकित्ता १०० अंकित दरका २१ करोड ९५ लाख ५० हजार ९ सय रुपैयाँ बराबरको २१ लाख ९५ हजार ५०९ कित्ता आइपीओमा आवेदन खुला गरेको हो ।

जसमा सर्वसाधारण लगानीकर्ताले जेठ २६ गतेदेखि ३१ गतेसम्मसम्म धितोपत्र बोर्डबाट अनुमति लिइ सिआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो सेयर एप वा वेबसाइटमार्फत पनि आवेदन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १७ लाख कित्ता आइपीओका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ। आईपीओ निष्काशनका कम्पनीलाई इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्