Shikhar Insurance
National Life

अर्थमन्त्री फुल्लि पोजिटिभ भएपछि सेयर बजारको यूटर्न, ९ दिनपछि नेप्से ६० अंकले हरियो

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २५, बुधबार १५:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । ९ दिनपछि नेप्सेपरिसूचक हरियो बनेको छ । बजेट भाषणअघि देखि नै घट्न थालेको नेप्से बुधबार ६० अंकले बढेको हो ।

सेयर बजार परिसूचक ६०.२२ अंकले बढेर २०८०.४४ अंकमा पुगेको छ । कारोबारमा आएका १९३ कम्पनीको सेयर मूल्य बढ्दा २ वटाको भने घटेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दिनभर २३१ स्क्रिप्टका ५० लाख ५ हजार कित्ता सेयर १ अर्ब ६४ करोड रूपैयाँमा किनबेच भए ।

आज सामुदायिक लघुवित्त, उपकार लघुवित्त, बलेफी हाइड्रो र कालिका लघुवित्तको सेयर मुल्य १० प्रतिशत बढे । माउन्टेन हाइड्रो र हिमालयन बैंकको सेयर मूलय भने घटेको छ । समूहगत उपसूचकतर्फ वित्त कम्पनी उपसूचक सर्वाधिक ५.०३ प्रतिशतले उकालो लागेको छ ।

कारोबार रकमका आधारमा अरूणा भ्यालि हाइड्रो शीर्ष स्थानमा रह्यो ।

लगानीकर्तामा सेयर किन्न पैसा नहुँदा पनि उनीहरू खरिद गर्न तम्सिएका छन् । सोमबारमात्र अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारलाई गुड न्युज दिएका थिए । उनले पुँजीबजार सुधारका लागि सुझाव समित गठन गरेका छन् । नेपाल धितोपत्र बोर्डको ३० औं वार्षिकोत्सवमा उनले मौद्रिक नीतिका कारण सिर्जना भएको समस्याको यथोचित सम्बोधन गर्नेसमेत गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्