Skip to content
Shikhar Insurance
National Life

२ वर्षदेखि रोकिएको नाडा अटो शोको मिति तोकियो, विगतभन्दा यसपाली यसरी हुन्छ पृथक

Hyundai
NCELL
NIMB

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ ७ गतेदेखि बुहप्रतिक्षित अटो शो आयोजना गर्ने भएको छ । कोरोना महामारीका कारण विगत २ वर्षदेखि रोकिएको मेला यो वर्ष आयोजना हुने भएको हो ।

नाडा अटो एक्स्पो २०२२ को रजिस्ट्रेसन जेठ २६ गते देखि खोलिने भएको छ ।

नाडा अटो शो सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको एक मात्र भव्यप्रदर्शनी हो । १५औं संस्करण सदा झैं काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुनेछ ।

प्रदर्शनीका लागि स्टल बुकिङका लागि रजिस्ट्रेसन जेठ ३० सम्म खुल्ला गरिनेछ । सिमित ठाउँ तर प्रदर्शनी सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा अत्याधिक माग भएकाले यस वर्ष पनि गोलाप्रथाद्वारा नै स्टल उपलब्ध गराइने नाडाले जनाएको छ । प्रदर्शनीमा २–पाङग्रे, ४–पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्टस् एवं ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

विगतका संस्करणहरुमा उल्लेखनीय रुपमा सोधपुछ भएकाले यस वर्ष देखि कमर्शियल भेहिकलहरुलाई पनि सम्मिलित गर्ने उदेश्यले कमर्शियल भेहिकलहरुको सहभागिताका लागि समेत स्टल बुकि¨ रजिष्ट्रेशन आह्वान गरिएको छ ।

कोभिड संक्रमण न्यून हुँदै जाँदा सुस्त रुपमा गतिलिन थालेको नेपाली अर्थतन्त्र पुनः सुस्ताई रहेको अवस्थामा यस नाडा अटो एक्स्पो २०२२ले केही हद सम्म भए पनि उद्योगी, व्यापारी एंव उद्यमीहरू माझ अनुकुल व्यवसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्दै नँया उर्जा थप्न सक्ने आयोजकको विश्वास रहेको नाडा अटो एक्स्पो समितिका सभापति अनुपकुमार बरालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्