Skip to content
Shikhar Insurance
National Life

कामना सेवा विकास बैंकद्वारा डिजिटल बैकिङ्ग प्रवद्र्घनको लागी वेबिनार सम्पन्न

Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग सम्बन्धी जानकारीका लागि अनलाईन वेबिनार कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यसको उचित प्रयोग सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले जुम मार्फत अनलाईन वेबिनार सम्पन्न गरेको हो । बैंकले यस्तो कार्यक्रम हरेक महिना सञ्चाल गर्दै आइरहेको छ ।

कार्यक्रममा बैंकका कर्मचारीले विल भुक्तानी गर्ने, अनलाइन खाता खोल्ने, सामाजिक सञ्जाल मार्फत बैंकिङ्ग कारोबार गर्ने, अन्तर बैंकिङ्ग रकम ट्रान्सफर गर्ने जस्ता विभिन्न बैंकिङ्ग कारोबारहरु डिजिटल माध्यमद्वारा कसरि गर्न सकिन्छ भन्ने जानकारी गराएको थियो । साथै कसरी सुरक्षित डिजिटल कारोबार गर्ने भन्ने जस्ता महत्वपुर्ण जानकारीहरु प्रदान गरिएको थियो ।

बैंकले आफ्नो वित्तीय साक्षरता अन्तर्गत कार्यक्रम संचालन गरेको र आगामी दिनहरूमा पानी थप प्रभावकारी रूपमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै जाने बताएका छन ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्