काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । साताको पहिलो कारोबारको दिन ६ सय रुपैयाँले घटेको छापावाल सुन दोस्रो दिन भने प्रतितोला २ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुन ९७ हजार ९ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यसैगरि तजावी सुन पनि प्रतितोला २ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन ९७ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबार चाँदी १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजार मूल्यको आधारमा महासंघले नेपाली बजारका लागि सुनचाँदीको मूल्य निर्धारण गर्छ ।
प्रतिक्रिया दिनुहोस्