काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले भुक्तानी सेवा प्रदायक फोकसवानसँग सहकार्य गरेको छ । बैंकले कम्पनीसँग कार्डमा आधारित स्क्यान टू पे र क्यू आर माध्यमबाट भुक्तानी गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरको हो ।
आफ्ना ग्राहकहरुलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुबिधा प्रदान गर्ने क्रममा फोकसवानसँग सहकार्य गरेको बताएको छ ।
सेवा संचालनमा आएसंगै बैंकका कार्ड बाहकहरुले फोकसवानद्धारा संचालित मोको डिजिटल वालेटमा बैंकका डेबिट/क्रेडिट कार्डहरु लिङ्क गरि सोही कार्डहरुबाट खर्च हुने गरि बिभिन्न सेवाहरु जस्तै मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाइजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले मोको वालेट मार्फत एनसीएचएलको नेपाल पे अन्तर्गतका क्यू आर माध्यमबाट भुक्तानी समेत गर्न सक्नेछन ।
सिटिजन्स बैंक लगायतका बिभिन्न बैंकहरु द्वारा प्रबर्धित नेपाल पेमेन्ट सोलुसन (नेप्स) तथा फोकसवानको सहकार्यमा प्रारम्भ गरिएको यस सेवाबाट बैंकको डिजिटल बैंकिङ सेवाको क्षेत्रमा नौलो आयाम थपिएको विश्वास बैंकले लिएको छ ।
आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क, ई.के.वाई.सी तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ ।साथै, बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक साहायता केन्दको समेत स्थापना गरिसकेको छ ।
जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन ०१५९७००६९ नम्बरमा फोन गरी प्राप्त गर्न सक्नेछन् । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२५ वटा ए.टि.एम. र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ग्राहर्कलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्