Skip to content
Shikhar Insurance
National Life

‘बजेटले आर्थिक सङ्कट ल्याउँछ, ८% को लक्ष्य हासिल गर्न नयाँ आडम स्मिथ र मार्क्स खोज्नुपर्छ’

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एमाले) का सांसद प्रदीपकुमार ज्ञवालीले सांसद प्रदीपकुमार ज्ञवाली सकारले आगामी आर्थिक वर्षको लागि ल्याएकोे बजेटले राजनीतिक र आर्थिक संकट ल्याउने बताएका छन् । बिहिबार प्रतिनिधिसभाको बैठकमा आगामी आवमा सरकारले ल्याएको बजेट माथि सैद्धान्तिक छलफलमा बोल्दै सो बताएका हुन् ।

सांसद ज्ञवालीले बजेट देशभित्र विकास बाधक र कतिपय अवस्थामा संवेदनशीलसमेत देखिएको र बजेट कार्यान्वयन हुने खालको नभएको दावी गरे ।

“बजेट ठूलो आकारको छ, यो चुवानी वर्ष हो, चुनाव गर्ने छलफलमा तपाइहरु आफैआयात घटाउँछु भन्नुहुन्छ, राजस्व बढाउँछु भन्नुहुन्छ, तर हाम्रो सबैभन्दा ठूलो राजस्व नै आयातबाट छ,” उनले भने, ‘२१ प्रतिशत पुँजिगत खर्च गरेर ८ प्रतिशत आर्थिक वृद्धि यसको लागि त नयाँ आडम स्मिथ खोज्नुपर्ने हो कि ? नयाँ मार्क्स खोज्नुपर्ने हो कि ? हाम्रो सोझो अर्थतन्त्रको हिसाबले त यो कुरा कहीँ हुन्छ जस्तो मलाई लाग्दैन । सेवामा समेत हाम्रो ठूलो पैसा बाहिरिएको छ ।’

वर्तमान विश्वमा आर्थिक सङ्कट पैदा भइरहेको अवस्थामा प्रतिकूलतालाई विचार गरेर बजेट ल्याउनुपर्नेमा अर्थमन्त्रीले सो कुरालाई ध्यान नदिएको उनको भनाइ छ ।

चालु आवमात्रै झण्डै ४४ अर्ब रुपैयाँ शिक्षामा बाहिरीएको जानकारी गराउँदै उनले त्यसलाई रोक्न सरकारले कुनै कदम नचालेको बताए ।

‘यहाँ देशभित्र शिक्षामा लगानी गर्ने हो भने हाम्रो सेवामा बाहिरिइरहेको पैसा त रोक्न सकिन्थ्यो,’ उनले थपे, ‘यस सम्बन्धी मैले कुनैपनि कार्यक्रमहरु देखिन ।’

सरकारको क्रियाकलापले विदेशी लगानी भित्राउन नसकिने बताए । उनले विगतमा एमसीसीलाई गिजोलेजस्तै गरी अहिले बुढीगण्डकीलाई गिजोलिएको बताए । सरकारले विदेशी लगानीकर्तालाई विश्वासको सन्देश दिन नसकेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्