Skip to content
Shikhar Insurance
National Life

एनआईसी एशिया क्यापिटलको फ्लेक्सी क्याप फण्ड आयो, किन गर्ने लगानी ? यस्तो छ निश्चित आकर्षक प्रतिफल

Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया क्यापिटलको फ्लेक्सी क्याप फण्डको बिक्रि खुला भएको छ । एक अर्ब रुपैयाँको फ्लेक्सी क्याप फण्ड १० रुपैँया अंकित दरका छन् । कुल निष्काशन हुने १० करोड युनिटमध्ये एक करोड ५० लाख युनिट ईकाई प्रवर्द्धक एनआईसी एशिया बैंकले खरिद गर्नेछ । बाँकी रहेको ८ करोड ५० लाख युनिटमा भने सर्वसाधारणले लगानी गर्न सक्नेछन् ।

७ वर्ष अवधीको बन्दमुखी योजनामा नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचय पत्र जारी भएका व्यक्ति), प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले आवेदन दिन सक्छन् । यो फण्डमा न्यूनतम एक सयदेखि एक करोड इकाईसम्म आवेदन दिन पाइन्छ ।

छिटोमा जेठ २४ गतेसम्म आवेदन दिन सकिन्छ भने ढिलोमा असार २ गतेसम्म आवेदन खुला हुनेछ ।

किन गर्ने लगानी ?

लगानीका लागि श्रोत भएका तर लगानीको उपयुक्त ज्ञान र समय नहुनेहरुले उच्चदरको सुरक्षित प्रतिफलका लागि लगानी गर्न उपयुक्त हुने एनआईसी एशिया क्यापिटलका सिईओ रमेन्द्र रायमाझीले बताए । फण्डका लगानीकर्ताले सात वर्षको अवधीमा १३६ प्रतिशतभन्दा बढी प्रतिफल पाउनेछन् । लगानी गरेको पहिलो वर्षमै फण्डले १० प्रतिशत प्रतिफल दिनेछ ।

फण्डले कम्पनीहरुलाई विभिन्न वर्गमा वर्गीकरण गरेर प्रतिफलका आधारमा लगानी गर्ने पनि सिईओ रायमाझीले बताए । ‘हामी कम्पनी छानेर वर्गिकरण गर्छाै, उनीहरुको ग्रोथ भन्दा पनि प्रतिफल दिने आधारलाई हेरेर लगानी गर्छाै’, सिईओ रायमाझीले भने ।

कम्पनीले हालसम्म चार वटा म्युचुअल फण्ड ल्याईसकेको छ भने फ्लेक्सी क्याप फण्ड पाँचौं हो । स–साना पुँजी भएका तर पोटेन्यिसल कम्पनीहरुमा लगानी गरेर उचित प्रतिफल सुनिश्चित गर्ने पनि उनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्