Skip to content
Shikhar Insurance
National Life

तरलताको समस्या सम्बोधन गर्न बजेट चुक्यो, ब्याजदर अझै बढ्छ : बैंक सञ्चालकहरूका अध्यक्ष गोल्यान

Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तीय परिसंघका अध्यक्ष पवन गोल्यानले बैंकको ब्याजदर बढ्ने निश्चित भएको बताएका छन् । बुधबार नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले संयुक्त रूपमा आयोजना गरेको पोस्ट–बजेट अन्तरक्रियामा सरकारले तरलता समस्या समाधनको लागि बजेटमा सम्बोधन नगरेको भन्दै बैंक ब्याजदर बढ्ने बताएका हुन् ।

अध्यक्ष गोल्यानले बजेटले छाडेका धेरै विषय छन् भन्दै सबैभन्दा ठूलो समस्या तरलतालाई सम्बोधन नगरेको बताएका थिए ।

‘प्रणालीमा तरलता समस्या अहिले पनि छ, यो समस्या अझै बढेर थप समस्या हुन सक्छ, त्यसैले आउने दिनमा बैंकको ब्याजदर निश्चित बढ्छ,’ उनले भने, ‘सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिका लागि पर्याप्त तरलता छैन्, यो लक्ष्य पूरा गर्न सरकारले बजेटमार्फत् बैंकलाई आवश्यक सहजिकरण गरेको छैन ।’

उनले औधोगिक क्षेत्रलाई भन्दा बैंकिङ क्षेत्रलाई बढी कर लिएको भन्दै आयकर छुटको मागलाई सरकारले सम्बोधन नगरेको उनको गुनासो छ ।

‘बैंकको कर ३० प्रतिशतबाट घटेन, रेमिटेन्स बढाउन थप ब्याजदर सरकारले नै गर्ने भनेको थियो त्यो सम्बोधन गरिएन, सीएसआरको ५० प्रतिशत कर तिरेको पैसा सरकारले खर्च गर्ने भन्ने उचित भएन,’ उनले भने, ‘५ खर्बको लघुवित्त कोष खडा गर्ने भनेको त्यो कार्षन्वयन गर्दा सकारात्मक प्रभाव सबै क्षेत्रमा पर्छ, हरेक शाखाबाट ५ वटा कृषि परियोजनामा लगानी गर्ने भनेकोमा यसमा बैंकबाट फण्ड जानू हुँदैन। बैंक कृषिमा लगानी गर्न सदैव तप्तर छ ।’

आयात घटाउन भन्सारमा केही सुधार नदेखिएको र कृषिमा ५ बाट बढाएर ९ प्रतिशत बनाइएको पनि कम भएको उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्