Shikhar Insurance
National Life

राष्ट्र बैंक भन्छः मौद्रिक नीतिमा चाहिएको सबै माग्नुस्, ‘हट्ला त ४/१२ को नीति ?’

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १७, मंगलवार १८:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/८० का लागि मौद्रिक नीति निर्माण प्रक्रिया अघि बढाएको छ । आगामी मौद्रिक नीति साउन पहिलो सातासम्म सार्वजनिक गर्ने तयारी सहित केन्द्रीय बैंकले सरोकारवाला पक्षसँग सुझाव माग गरेको हो ।

सरकारले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरिसकेको छ । सरकारले ल्याएको बजेटलाई नै सहयोग गर्ने मौद्रिक नीति ढिलोमा साउनको पहिलो सातासम्म ल्याइने मौद्रिक नीति निर्माणको जिम्मेवारी पाएको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘असार मसान्त वा ढिलोमा साउनको पहिलो सातासम्म नयाँ मौद्रिक नीति सार्वजनिक हुन्छ, जसका लागि सरोकारवाला पक्षसँग भर्चुअल सुझाव मागिरहेका छौं,’ कार्यकारी निर्देशक श्रेष्ठले सिंहदरबारसँग भने, ‘सरकारले ल्याएको बजेटलाई नै सहयोग गर्ने वित्तीय नीति समेटेर मौद्रिक नीति आउँछ, पुराना नीतिलाई संशोधन गर्ने बिषय अहिलेसम्म उठान भएको छैन ।’

राष्ट्र बैंकले यसअघि ल्याएका सीडी रेसियो, सेयर कर्जामा ४/१२ को सीमा, ब्याजदर तथा सेवा शुल्क सम्बन्धि नीति सम्सोधन, परिमार्जन वा खारेज विषय हालसम्म उठान नै नभएको उनले जानकारी दिए ।

‘नीतिगत व्यवस्थाका बारेमा अन्तर विभागीय छलफल आवश्यक छ,’ उनले थपे, ‘जुन हामी अर्को साताभित्र गछौं, यद्यपि पुराना नीतिगत व्यवस्थाबारे केही भन्न सक्ने अवस्था अहिले नै छैन,’
यस पटक नयाँ मौद्रिक नीति निर्माणको लागि सुझाव तथा अन्तरकृया कार्यक्रम निजी क्षेत्रका सबै छाता संघ संगठन, बैंक तथा वित्तीय संस्था, पत्रकारहरुसँग असारको पहिलो साता एकै पटक गरिने उनले जानकारी दिए ।

केन्द्रिय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ । सोही बमोजिम बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको लागि सुझाव मागेको हो । जसका लागि केन्द्रिय बैंकको आर्थिक अनुसन्धान विभागको इमेलमा सुझाव पेश गर्न सकिने उल्लेख छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्