काठमाडौं । जगदम्बा मोटर्सले काठमाडौंदेखि भोटेचौरसम्म एनटर्क ओनर्स ग्रुप राइड सम्पन्न गरेको छ ।
टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरकले राइड आयोजना गरेको हो ।
गत जेठ १४ गते शनिबार आयोजना भएको उक्त राइड काठमाडौँको महालक्ष्मीस्थान स्थित टिभिएसको युनिराइड शोरुमबाट शुरु भएर बालकुमारी , तिनकुने एअरपोर्ट, गौशाला, चाबहिल, जोरपाटी, मुलपानी, साँखु हुदै भोटेचौर हेवन हिल रिसोर्टसम्म पुगेको थियो । उक्त राइडमा सहभागीहरुबीच एकतामुलक विभिन्न गेमहरु पनि खेलाइएको थियो । उनीहरुबीच विभिन्न मनोरन्जनात्मक र अन्तरक्रियात्मक कार्यक्रमहरु गरिएको थियो ।
राइडमा टिभिएस एनटर्कका ७० जना राइडरहरुका साथै प्रसिद्ध मोटो भ्लगरहरु राजकुमार थापा मगर, अलिशा खड्की, ठकुरी भ्लग, आशिष भ्लगको उपस्थिति थियो साथै नेपालको प्रसिद्ध महिला बडी बिल्डर सनम मूलघुटी , प्रसिद्ध पुरुष बडी बिल्डर अमित चन्द्र आर्या र कलाकार हरु उषा उप्रेती र बिपिन श्रेष्ठको पनि सहभागीता रहेको जगदम्बा मोटर्सको मार्केटिंग नायब कार्यकारी प्रमुख बिक्रम पौडेलले जानकारी दिए । टिभिएस एनटर्कका राइडरहरुबीच आत्मीयता बढाउन तथा ग्राहक र कम्पनी बीचको सम्बन्ध थप प्रगाढ बनाउन राइड सफल भएको उनले बताए ।
उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । उक्त राइडमा विभिन्न सडक सुरक्ष्याको जानकारीका साथै राइडर ले अपनाउनुपर्ने नियम र सुरक्ष्याको जानकारी प्राबिधिक टिमले दिएका छन् । नेपालमा टिभिएस एनटर्क ५० हजार बिक्री लाइ निरन्तरता दिदै यो राइड आयोजना गरिएको हो ।
राइडमा सहभागीहरुबीच विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाइएको थियो र खेलको विभिन्न विधाका विजेतालाई आकर्षक पुरस्कारहरु वितरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्