काठमाडौं । नेपालमा नवप्रवर्तनकारी व्यवसाय (स्टार्टअप्स)को प्रवद्र्धनका लागि सीएनआई युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ)ले आगामी जून २५, २०२२ होटेल सोल्टीमा ‘सीएनआईवाईईएफ नेपाल स्टार्टअप फेस्ट’ आयोजना गर्ने भएको छ । कार्यक्रममा करिब ३००० स्वोदेशी तथा विदेशी उद्यमी, लगानीकर्ता, विद्यार्थी, बुद्धिजिबी, पत्रकार आदिको सहभागिता रहने आनुमान गरिएको छ ।
नेपालमा स्टार्टअप्सलाई अभियानका रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको स्थापित गर्ने उद्देश्यसले यस कार्यक्रम आयोजना गर्न लागिएको जानकारी सीएनआईवाईईएफका अध्यक्ष अमुन थापाले दिए । स्टार्टअप्सलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको भन्दै त्यसको कार्यान्वयनका लागि समितिले सरकारसँग सहकार्यक्रमा काम गर्न सक्ने बताए । उनले व्यवसायका स्वरुपहरु परिवर्तन भइरहेको र नयाँ क्षेत्रहरुमा काम गर्ने संभावना रहेको उल्लेख गरे ।
आयोजना गर्न लागिएको उक्त कार्यक्रममा स्टार्टअप्सले लगानी लागि प्रस्ताब पनि पेस गर्ने बेबस्था मिलाइएको छ । फेस्टको आधिकारिक वेबसाइटमार्फत आबेदन पेस गर्न सकिने जानकारी सीएनआईवाईईएफका निवर्तमान अध्यक्ष चाङ अग्रवालले दिए । स्टार्टपले २७ जेठ अगावै आवेदन दिन सक्नेछन् ।
यस्तो कार्यक्रम नेपालको इतिहासमा नै पहिलो पटक हुन लागेको चाङले बताए ।
प्रतिक्रिया दिनुहोस्