काठमाडौं । नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले नेकपा एमाले नेता विष्णु पौडेललाई ब्यंग्यको झटारो हानेका छन् । आफूले चाहिँ संसद छलेर बजेट ल्याउने र अर्कोले ल्याएको बजेटमा यसो भएन र उसो भएन भन्नु मनासिब नभएको प्रतिक्रिया पौडेललाई रिजालले दिएका हुन् ।
पौडेलले बजेटमाथिको छलफलमा निर्वाचमुखी भन्दै बजेको कडा आलोचना गरेका थिए ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट उत्कृष्ट भएको रिजालेको भनाइ छ । रिजालले जस्तो आउनुपर्ने हो त्यस्तै बजेट आएको बताए ।
‘गत वर्ष संसदभन्दा बाहिर बजेट प्रस्तुत गर्दा अहिले संसद्मा बोलेकै विषय सम्झेको भए हुन्थ्यो,’ पूर्व अर्थमन्त्री पौडेलमाथि रिजालले ब्यंग्य गरे, “चालू आर्थिक वर्षको बजेट ल्याउँदाको स्थिति सम्झनुहोस् न ।”
संसद् विघटन गरेर निर्वाचन घोषणा गरिसकेपछि संसद् छलेर पौडेलले ल्याएको बजेट अहिलेको भन्दा बढी निर्वाचनमुखी रहेको टिप्पणी रिजालको छ । यस वर्ष भने सरकारले निर्वाचन घोषणा नगरिसकेकाले यो संसद् रहेसम्मका लागि संसद्ले पारित गर्ने गरी बजेट प्रस्तुत गरेको रिजालको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्