काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा पुँजी बजार फोरमका संयोजक अम्बिका पौडेलले पुँजी बजारका लागि ऐतिहासिक बजेट आएको बताएका छन् । बजेट वक्तव्य सुनेपछि सिंहदरबारसँग संक्षिप्त कुरा गर्दै पौडेलले भने‘बजेटबाट खुसी छौं, नेपाल सरकारको बजेटमै पुँजी बजारबारे यति धेरै कुरा सायद पहिलो पटक समेटिएको हो’, पौडेलले भने ।
उनले एक अर्ब भन्दा बढीका कम्पनीलाई अनिर्वाय सूचिकरण गराउने, प्राकृतिक श्रोत प्रयोग गर्ने सिमेन्ट र क्लिंकर उद्योगलाई पनि पुँजी बजारमा सूचिकरण गराउने कार्यक्रम सकारात्मक भएको बताए । त्यस्तै एक अर्ब चुक्ता पुँजी भएका र बार्षिक पाँच अर्बको कारोबार गर्ने सबै कम्पनीलाई सूचिकरण गराउने योजना पनि राम्रो भएको उनको भनाई छ ।
नेपाल विद्युत प्राधिकरणलाई सूचिकृत गराउने योजनाले पुँजी बजारको विश्वसनियता बढाउने पनि उनको भनाई छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई आईपीओमा १० प्रतिशत आरक्षण दिने र एनआरएनहरुलाई पुँजी बजारमा प्रवेश गराउने कार्यक्रमले बजारको स्थायीत्वमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्