काठमाडौं । सरकारले कृषिजन्य उत्पादन मुलक उद्योग स्थापना गर्ने सहरकारी संस्थाहरुलाई पुँजीगत अनुदान दिने घोषणा गरेको छ । अर्थमन्त्री जर्नादन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट संद्यीय संसदमा प्रस्तुत गर्दै सो घोषणाले गरेका हुन् ।
उनले कम्तिमा २० करोड रुपैयाँ चुक्ता पुँजी रहेन गरी कृषिजन्य उत्पादन मुलक उद्योग स्थापना गर्ने सहकारीलाई सरकारले चुक्ता पुँजीको ५ प्रतिशत रकम पुँजीगत अनुदान दिने बताए ।
साथै, कम्तीमा ३ सय स्थानीय किसानहरुको सहभागीतामा कृषिजन्य उत्पादनका उद्योगमा लगानी सहकारी संस्थाले औजार खरिदका लागि २० प्रतिशत अनुदान पाउने उनले जानकारी दिए ।
सहकारीको बचतलाई उद्यम विकास, रोजगारी सृजनामा परिचालित गर्न प्रोत्साहिन गर्ने भएको छ । सहकारीको कुल लगानीको कम्तिमा ५० प्रतिशत रकम उत्पादन मुलक क्षेत्रमा लगानी गनुपर्ने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्