काठमाडौं । सरकारले घर जग्गा कारोबारीहरुलाई लाइसेन्स अनिवार्य गरेको छ । आगामी आर्थिक बर्षको बजेट मार्फत सरकारले घर जग्गा कारोबारमा संलग्नहरुले लाइसेन्स लिनै पर्ने व्यवस्था गरेको हो ।
त्यसका लागि सरकारले लाइसेन्स लिने निकाय तोक्नेछ र त्यसरी तोकिएका निकायबाट लाइसेन्स लिएपछि मात्रै घर जग्गाको कारोबारमा संलग्न हुन पाइनेछ । सरकारले आगामी आर्थिक वर्षमा महानगरपालिका र उप महानगरपालिकामा त्यस्तो लाइसेन्स कार्यान्वयन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्