काठमाडौं । सरकारले विदेशी नागरिकलाई नेपालमा अपार्टमेन्ट किन्न पाउने व्यवस्था गरिदिएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको बजेट वक्तव्य अनुसार अब विदेशी नागरिकहरुले नेपालमा अपार्टमेन्ट खरिद गर्न पाउनेछन् ।
एक सय युनिट भन्दा ठूला अपार्टमेन्टहरुले २० प्रतिशत अपार्टमेन्ट विदेशी नागरिकलाई बेच्न पाउनेछन् । त्यस्ता अपार्टमेन्टहरु विदेशी मुद्रामै बेच्न सकिने व्यवस्था पनि सरकारले गरिदिएको हो । निजी क्षेत्रले लामो समयदेखि विदेशी नागरिकलाई अपार्टमेन्ट किन्न दिनुपर्ने माग गर्दै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्