Skip to content
Shikhar Insurance
National Life

मधेशमा कृषिको समावेशी रुपान्तरणका लागि कृषि विकास बैंकद्वारा भिटा कार्यक्रम सुरु

Hyundai
NCELL
NIMB

महोत्तरी । कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रृंखला कार्यक्रम (भिटा) को शुभारम्भ गरिएको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायको अध्यक्षतामा र मधेश प्रदेश योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाको प्रमुख आतिथ्यमा महोत्तरीको बर्दिवासमा एक कार्यक्रमबीच भिटा सुरु गरिएको हो ।

कृषि विकासका लागि अन्र्तराष्ट्रिय कोषको वित्तिय सहयोगमा नेपाल सरकार अर्थ मन्त्रालय मार्फत कृषि विकास बैंक द्धारा भिटा संचालन हुन लागेको हो ।

कार्यक्रममा मधेश प्रदेशका मुख्य मन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव मेख बहादुर मगराती, प्रदेश अर्थ मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुर, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव, नम्रता सिंह, आइएफएडीका परामर्शदाता तथा कन्सल्टेन्ट श्री श्याम बहादुर खड्का, विभिन्न जिल्लाका कृषि ज्ञान केन्द्रका प्रमुख, समृद्धि आयोजना जनकपुरका करिडोर संयोजक, सफल किसान तथा कृषि समुहका प्रतिनिधिहरुको सहभागिता थियो । कृषि तथा पशु पन्छी विकास मन्त्रालयका सहसचिव तथा बैंकका संचालक राजेन्द्र मिश्र विद्युतिय माध्यम जुम मार्फत जोडिएका थिए ।

कार्यक्रममा बैंकका उपमहाप्रबन्धक बाबुकाजी थापाले भिटा कार्यक्रमको विस्तृत रुपमा जानकारी दिँदै यस आयोजनाबाट प्राप्त हुने अपेक्षित उपलब्धिहरु, लक्षित समूह, लभान्वित संख्या, कार्यक्रमका संभागहरु र मूल्य श्रृंखला विकासका लागि लिक्षित कृषि वस्तुहरु तथा कार्यक्रम संचालनका प्रमुख आर्थिक स्रोतहरुको सम्बन्धमा बताएका थिए । सहभागीहरुको जिज्ञासाहरु सम्बोधन गर्ने क्रममा आइएफएडीका परामर्शदाता श्यामबहादुर खडकाले यो कार्यक्रम खासगरी कृषिलाई प्रतिस्पर्धि बनाउदै व्यावसायिक कृषिलाई प्रर्वद्धन गर्ने उद्धेश्यले संचालन गर्न लागिएको जानकारी गराए ।

GBIME

प्रतिक्रिया दिनुहोस्