Shikhar Insurance
National Life

सभामुख सापकोटा समक्ष अर्थमन्त्री शर्माद्वारा बजेट ‘ब्रिफिङ’, सापकोटाले के भने ?

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १४, शनिबार १३:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको बजेटका सम्बन्धमा जानकारी लिएका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्माले सभामुख सापकोटा समक्ष आगामी वर्षको बजेट एवं प्राथमिकताका सम्बन्धमा जानकारी गराए ।

सभामुख सापकोटाले सङ्घीय संसद्को बजेटसँग जोडिएका अन्य विषयमा अर्थमन्त्री शर्मालाई स्मरण गराए । सो अवसरमा सङ्घीय संसद्का महासचिव डा भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, अर्थ सचिव मधुकुमार मरासिनी लगायतको उपस्थिति थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्