Shikhar Insurance
National Life

कामना सेवा विकास बैंकको बाह्रौं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १२, बिहीबार १८:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा बिहीबारबाट चितवन जिल्लाको राप्ति न.पा. वडा नंं ०८ जोरकुलामा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

राप्ती न.पा. वडा नंं ०८ जोरकुला स्थित सुप्रिया थोक तथा खुद्रा किराना पसल (प्रो. सोम प्रसाद अधिकारी) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । राप्ती न.पा. वडा नंं ०८ का वडा अध्यक्ष पुर्ण प्रसाद आचार्यले उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन गरी सेवा शुरु गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्