काठमाडौं । सर्वोच्च अदालतले प्रस्तावित अन्तर्राष्ट्रिय निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाएको छ । सर्वोच्चका न्यायाधीहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, मनोजकुमर शर्मा र प्रकाशमान सिंह राउतको इजालसले निजगढ विमानस्थल बनाउने सरकारी निर्णय बदर गर्न निर्देशन दिएका हुन् ।
बिहीबारको बृहत पूर्ण इजलाससले निजगढको विकल्प खोज्न पनि आदेश दिएको छ । अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले सर्वोच्चमा रिट दायर गरेको रिटमा यस्तो फैसला आएको हो ।
सर्वोच्चले यसअघि नै विमानस्थल निर्माण कार्य अघि नबढाउन आदेश दिएको थियो । तर, सरकारले भने अटेर गरिरहेको थियो ।
सरकारले आव २०८०/८१ देखि निजगढ विमानस्थलको निर्माण थाल्ने तयारी गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्ष लगानी तथा निर्माणको ढाँचा टुंगो लगाइने उल्लेख गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्