Skip to content
Shikhar Insurance
National Life

‘गठबन्धनका उमेद्वारले जनता हप्काएरै चुनाव जिते, प्रतिपक्षका कार्यकर्तालाई थुनामा राखी याताना’

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रमुख प्रतिपक्षी दल (एमाले)का नेता केपी शर्मा ओलीले गठबन्धन सरकारले स्थानिय तहको चुनावको मतदातालाई हप्काएरकै भरमा जितेको आरोप लगाएका छन् । बिहीबार एमालेका अध्यक्ष ओलीले प्रतिनिधिसभाको बैठकमा बोल्दै गठबन्धनका कार्यकर्ताहरुले आफै भोट हालेको बताएका हुन् ।

‘सत्तापक्षकाले विपक्षी दलका उमेद्वारलाई थुनेर वुथ कब्जा गर्दा समेत प्रहरी निरह भएर बसेको छ, वुथ कब्जा नगर भन्ने प्रतिपक्षका कार्यकर्ताहरुलाई गिरफ्तार गरी याताना दिइएको छ । गठबन्धनको घोषित नीति नै थियो प्रतिपक्षलाई धुलो चटाउने, राज्यसयन्त्रको प्रयोग गरेर कब्जै गर्ने खालको सत्तापक्षीय कृयाकलाप पञ्चायतले पनि गर्दैन थियो, जुन गठबन्धनले यसपटक गर्यो । उम्मेदवारलाई सरकारी उम्मेदवार जस्तो बनाएर भोट दिन आम जनतालाई बाध्य पार्ने काम भयो भने धेरै मतदाताको मत गठबन्धनका कार्यकर्ताले खसाए,’ ओलीले भने।

रुकुम, हुम्ला, उदायपुर, ताप्लेजुङ लगायतका स्थानमा गठबन्धनका कार्यकर्ता एमालेविरुद्ध हिंसामा उत्रेको उनको आरोप छ । चुनावको समयमा गठबन्धनका नेता र कार्यकर्ता आफले तोकेको उमेद्वारलाई भोट नदिए दुर्घटना हुन सक्ने भन्दै धम्क्याउने काम भएको उनले बताए ।

प्रतिपक्ष उम्मेद्वारको घरमा बम पठ्काउने, परिवारका सदस्यलाई कुटपिट गरी घाइते बनाउने घर भत्काउने लगायतका हिंसा गठबन्धनका उमेद्वार र कार्यकर्ताले गरेको उनले आरोप लगाए ।

उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई लक्षित गर्दै एमाले बहुदल आएपछि फुत्त निस्किएर सहभागिता जनाएको पार्टी नभएर लोकतन्त्रका लागि दृढतापूर्वक संघर्ष गरेर दाबी गरे ।
यसरी हप्की र धम्कीमा भोट खसालेर सत्तापक्षका उमेद्वारलाई जिताउने जनतालाई भने सरकारले चुनावको भोलिपल्टै पेट्रोलियम पदार्थमा मूल्य वृद्धिको उपहार दिएको ओलीको भनाइ छ ।

उनले चुनावसम्म पेट्रोलियम पदार्थमा मूल्य समायोजन नगरी चुनाव सकिएपछि हप्तामै दुई पटक मूल्यवृद्धि गरिएको बताए । जेठको पहिलो साता नै १०/१० रुपैयाँ गरी मूल्यवृद्धि गरी सरकारले नयाँ कृर्तिमान कायम गरेको उनको भनाइ छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले हरेक क्षेत्रमा असर गर्ने हुँदा तत्काल यसको सावधान वर्तमान सरकारले खोज्नु पर्ने उनको माग छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्