Shikhar Insurance
National Life

दाबी नपरेका अपि पावरको राइट सेयर सर्वसाधारणलाई बिक्री हुने, यसरी दिनुस् आवेदन

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ११, बुधबार १५:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । अपि पावर कम्पनीको नबिकेको हकप्रद सेयर शिलबन्दी बोलपत्रमार्फत् बिक्री हुने भएको छ । कम्पनीले चैत २५ गते देखि वैशाख १५ गतेसम्म हकप्रद सेयर बिक्री खुल्ला गरेकामा मागबमोजिम आवेदन परेको थिएन । कम्पनीले बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

त्यतिबेला कम्पनीको ४ लाख ४९ हजार ३२८ कित्ता सेयर भएको थिएन जसमा इच्छुक व्यक्त्ति, संस्था वा कम्पनीले जेठ १८ गते देखि २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर खरिद गर्न चाहने आवेदकले खरिद गर्न चाहेको सेयर संख्या र दर गोप्य शिलबन्दी बोलपत्रमा उल्लेख गर्नुपर्नेछ । आवेदन फारमको सय रुपैयाँ भुक्त्तानि गरेर किन्न सकिन्छ । कम्पनीले सेयरको मूल्य न्यूनतम १ सय रुपैयाँ  तोकेको छ ।

खरिद गर्न इच्छुकले न्यूनतम १०० कित्ता माग गर्नुपर्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्त्तिनाथ क्यापिटल हो ।

कम्पनीको सेयर  खरिद गर्न चाहाने आवेदकले बोलपत्र आवेदन फारम थापाथली स्थित अपि पावर कम्पनी, लैनचौरस्थित मुक्त्तिनाथ क्यापिटल लिमिटेड र मुक्त्तिनाथ विकास बैंकका  ठिमी, कुमारीपाटी, इटहरी, इलाम, पृथ्वीचोक, बुटवल, विराटनगर, वीरगञ्ज, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुर शाखा कार्यालयमा बुझाउनु पर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्