काठमाडौं । स्वतन्त्र उम्मेदवार बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर बनेका छन् । गन्न बाँकी मतभन्दा मतान्तर बढी हुँदा बालेनको विजय सुनिश्चित भएको हो ।
मतगणनामा पहिलो स्थानमा बालेन रहँदा नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो र नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा छन्।
शाहले ५५ हजार ७४७ मत प्राप्त गरेका छन् । उनले लौरो चुनाव चिह्नबाट मेयरमा प्रतिस्पर्धा गरेका थिए ।
दोस्रोमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३५ हजार ३७१ मत पाउँदा एमालेका केशव स्थापितले ३४ हजार ६२६ मत ल्याएका छन् ।
१ लाख ९१ हजार मत खसेकोमा अब १९ हजार मत गन्न बाँकी छ । विजयी बालेन र दोस्रोमा रहेकी सिंहबीचको अन्तर नै २० हजार ४ सय छ ।
प्रतिक्रिया दिनुहोस्