Skip to content
Shikhar Insurance
National Life

फेरि पनि ललितपुर महानगरको मेयर बने चिरिबाबु

Hyundai
NCELL
NIMB

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका चिरिबाबु महर्जन दोहोरिएका छन् । वैशाख ३० गते सम्पन्न निर्वाचनको मतपरिणाम आउने क्रममा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका महर्जनको जित सुनिश्चित भएको हो ।

निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले हार स्वीकार गर्दै गठबन्धनका संयुक्त उम्मेदवार महर्जनलाई बधाई दिएका छन् । व्यञ्जनकारले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै व्यञ्जनकारले केही मतगणना हुन बाँकी हुँदै मेयरमा चिरिबाबु महर्जन विजयी भएको भन्दै बधाई दिएका हुन्।

काँग्रेसका उम्मेदवार महर्जनलाई पाँच दलीय गठबन्धनको समर्थन थियो भने एमालेले राप्रपासँग चुनावी तालमेल गरेको थियो। ‘मेरा मित्र तथा ललितपुर महानगरको मेयर पदका प्रत्यासी चिरिबाबु महर्जनलाई विजय हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना,’ व्यञ्जनकारले सामाजिक सञ्जालमा लेखेका छन् ।

८५ हजार ८६१ मत खसेको ललितपुर महानगरपालिकाको प्रमुखमा हालसम्म कांग्रेसका चिरिबाबु महर्जनले ४० हजार २६३ मत ल्याएका छन् भने एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार ८१० मत मात्र ल्याएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्