काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले पूर्वाधार र ऊर्जा क्षेत्रमा फड्को मार्न सघाउने दाबी गरेकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । उनले ऊर्जा क्षेत्रमा महत्वपूर्ण मानिएको प्रशारण लाइन निर्माण र सडक पूर्वाधारको गुणस्तरमा एमसीसी परियोजनाले काम गर्ने भएकोले नेपाललाई लाभ हुने जिकिर गरिन् ।
प्रतिक्रिया दिनुहोस्