Shikhar Insurance
National Life

घट्यो नेप्से, १७८ कम्पनीको सेयर मूल्यमा गिरावट

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ९, सोमबार १६:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार साताको पहिलो कारोबारकै दिन नेप्से परिसूचक घटेको  छ । सोमबार नेप्से परिसूचक ३४.२१ अंकले घटेर २२००.८८ को विन्दुमा आएको हो । ठूला कम्पनीका सेयर मापक सेन्सेटिभ इण्डेक्स ५.६९ अंकले घटेर ४२९.०५ को बिन्दुमा आएको छ ।

यसदिन २२४ स्क्रिप्टका ३९ लाख १७ हजार ६५५ कित्ता सेयर १ अर्ब ३६ करोड ९५ लाख १३ हजार रुपैयाँमा खरिदबिक्री भए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरि १३ वटै समुहगत उपसूचकहरु घटेका छन् ।

कारोबार रकमको आधारमा नविल बैंक शिर्ष स्थानमा रहेको छ । बैंकको ४ करोड १५ लाख ९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । त्यसैगरि अरुण भ्याली हाइड्रोपावर ३ करोड ८७ लाख २७ हजार,  नेपाल लाइफ इन्स्योरेन्स ३ करोड ८५ लाख ७३ हजार, नागरिक लगानी कोष ३ करोड ६४ लाख २६ हजार र हिमालयन डिस्टिलरी ३ करोड ५३ लाख ८३ हजार रुपैयाँको कारोबार सहित शीर्ष पाँच भित्र रहेका छन् ।

यसदिन गुँरास लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सर्वाधिक ६.२० प्रतिशतले कमाएका छन् ।

सोमबार कारोबारमा आएका १३ कम्पनीको सेयर मूल्य बढ्दा १७८ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्