काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । साताको पहिलो कारोबारको दिन छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार छापावाल सुन ९७ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यसैगरी तेजावी सुन पनि ७ सयले बढेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजावी सुन ९६ हजार ८ सयमा खरिदबिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी शुक्रबारकै बराबरी प्रतितोला १२ सय ७० रुपैयाँमा खरिदबिक्री भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्