काठमाडौं । पहिलोपल्ट शुक्रबार खुलेको सेयर बजारमा नेप्से परिसूचक १६ अंकले घटेको छ । साताको अन्तिम दिन नेप्से १५.८२ अंकले घटेर बन्द भएको हो ।
नेप्से घटेर २२३५.०९ अंकमा पुग्दा २५ कारोबार रकम पनि निकै कम रह्यो । जम्मा २५ लाख २४ लाख कित्ता सेयर ९३ करोड रूपैयाँमा किनबेच भए ।
नेप्से घटेको दिन १३९ कम्पनीको सेयर मूल्य घटे ।
कारोबार सुरू भएदेखि नै धरमर बनेको नेप्सेले साढे १२ बजेसम्म बढ्ने संकेत गरेको भएपनि त्यसपछि निरन्तर घटेर नेप्से नेगेटिभ भएको हो ।
पहिलोपल्ट शुक्रबार खुलेको सेयर बजारले लगानीकर्ताले खुसी दिन सकेन । लगानीकर्ता पनि सदा झैं बिदा मानेर बजारमा सक्रिय नभएको महसुस गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्