काठमाडौं । आज शुक्रबार पनि सेयर बजार खुल्दैछ । सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेयता पहिलोपल्ट शुक्रबार बजार खुल्ने भएको हो ।
सरकारले वैशाखमै आइतबार पनि सार्वजनिक बिदा दिएर शुक्रबार पुरै दिन कार्यालय समय तोकेको थियो । नेप्सेले सोही निर्णयका आधारमा ब्रोकर कम्पनीहरुलाई सोमबारदेखि शुक्रबारसम्म सेयर बजार खुला गर्न निर्देशन दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्