काठमाडौं । धितोपत्र बजारमा सेयर मापक नेप्से परिसूचक घटेको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से आज भने २३.५१ अंकले घटेर २२५०.९१ को विन्दुमा आएको हो । त्यस्तै ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ३.८८ अंकले घटेर ४३७.२१ को विन्दुमा आएको छ ।
कारोबारको क्रममा लगानीकर्तालाई बढ्ने आशा देखाए पनि करोबारको अन्तिम घटेको हो । बिहीबार २१९ स्क्रिप्टका ३७ लाख ९८ हजार २६३ कित्ता सेयर १ अर्ब ३० करोड ९ लाख ८१ हजार रुपैयाँमा खरिदबिक्री भए ।
त्यस्तै समूहगत उपसूचकहरु १२ वटा घट्दा १ वटा भने बढेको हो ।
बिहीबार कारोबार रकमको आधारमा प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको १२ करोड ८१ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । त्यस्तै एनआईसी एशिया लघुवित्तको ५ करोड ७ लाख ७२ हजार, अरुण भ्याली हाइड्रोपावर ३ करोड ९० लाख ७६ हजार, अरुण काबेली पावर ३ करोड १२ लाख ६३ हजार र हिमालयन डिस्टिलरी २ करोड ९६ लाख २५ हजार रुपैयाँ कारोबार सहित शिर्ष पाँचमा परेका छन् ।
नेप्सेका अनुसार बिहीबार सबै भन्दा बढी जनरल इन्स्योरेन्सका लगानीकर्ताले ७.४५ प्रतिशतले कमाएका छन् ।
आज कारोबारमा आएका १९ कम्पनीको सेयर मूल्य बढ्दा १६९ को सेयर मूल्य घटे भने २ कम्पनीको सेयर मूल्य स्थिर रहे ।
बिहीबार सेयर कारोबार पछि बजार पुँजीकरण ३२ खर्ब १ अर्ब ९९ करोड ९८ लाख ८० हजार कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्